spot_img

विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ

spot_img
spot_img

काठमाडौं,२८ चैत  । प्रहरीको नियमित गस्तीका क्रममा देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरिएको छ।

नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट दुई जनालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसमेत बरामद भएको छ।

त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइँयाघाट क्षेत्रबाट ब्राउनसुगरसहित थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय