पर्साका तीन सांसद विभिन्न संसदीय समितिमा मनोनित

spot_img

बीरगन्ज,२८ चैत । पर्सा जिल्लाबाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यहरू संघीय संसदका विभिन्न विषयगत समितिमा मनोनित भएका छन्।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धि प्रसाद पन्त र क्षेत्र नम्बर ४ बाट निर्वाचित टेक बहादुर शाक्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यमा मनोनित गरिएको छ।

त्यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सुशील कुमार कानु कानून, न्याय तथा मानवअधिकार समितिको सदस्य बनेका छन्।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति तथा दुई वटा संयुक्त समिति गठन गरिएको छ भने राष्ट्रिय सभाअन्तर्गत चार वटा समिति पहिले नै गठन भइसकेका छन्।

प्रतिनिधिसभाको बैठक बसेको आठ दिनभित्रै सबै संसदीय समितिहरू गठन भई कार्य सुरु गरिएको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय