वर्षको पहिलो दिन बढ्यो सुनको भाउ, कतिमा हुदैंछ कारोबार ?

spot_img

काठमाडौं,०१ वैशाख । नयाँ वर्ष २०८३ को पहिलो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलमा ३ हजार १ सय रुपैयाँले बढेको हो ।

महासंघले आजका लागि सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकेको छ ।यसअघि हिजो ९सोमबार० सुन तोलाको दुई लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी तोलाको ४ हजार ९०० मा रुपैयाँमा कारोबार भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय