पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका प्रतिवादीलाई बहस नोट पेस गर्न आदेश

spot_img

काठमाडौं,०२ वैशाख । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले अन्तिम सुनुवाइ अघि बढाउँदै प्रतिवादी पक्षलाई बहस नोट पेस गर्न आदेश दिएको छ।

माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दा अहिले अन्तिम चरणमा पुगेको छ। बुधबार विशेष अदालत का न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्रतिवादीका कानुन व्यवसायीलाई लिखित बहस नोट बुझाउन निर्देशन दिएको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गर्दै नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजायको मागदाबी गरेको थियो।

अभियोग अनुसार, तत्कालीन प्रधानमन्त्रीका रूपमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी तथा सार्वजनिक जग्गा निजी तथा संस्थागत स्वार्थमा हस्तान्तरण गर्न भूमिका खेलेको आरोप छ। मन्त्रिपरिषद्को २०६६ फागुन ६ को निर्णय र त्यसअघि २०६६ माघ १८ मा दिएको ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न अनुमति दिइएको दाबी गरिएको छ।

प्रकरणमा कुल ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा कारोबार भएको आरोप लगाइएको छ। यसै विषयमा विस्तृत बहसपछि अदालतले अन्तिम फैसला सुनाउने तयारी गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय