भारतको सहयोगमा पोखरियामा ७ करोडको विद्यालय भवन निर्माण सुरु

spot_img

वीरगन्ज,०१ वैशाख । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ मा अवस्थित महोबनी पदम माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा नयाँ भवन निर्माण गर्न थालिएको छ ।

उक्त विद्यालयमा ७ करोड २५ लाख रुपैयाँको लागतमा तीन तल्ले विद्यालय भवन निर्माण गर्न थालिएको हो । मंगलबार वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन् ।

नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा निर्माण गर्न लागिएको भवनका लागि ६ करोड ५३ लाख रुपैयाँ भारत सरकारले तथा ७२ लाख रुपैयाँ पोखरिया नगरपालिकाले उपलब्ध गराएको छ ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक लगायतकाको पनि उपस्थिती थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय