spot_img

जगरनाथपुरमा विपन्न युवतीको विवाहका लागि समाजसेवी चौधरीद्वारा खाद्यान्न सहयोग

spot_img
spot_img

वीरगन्ज,०१ वैशाख । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ मा एक विपन्न परिवारकी युवतीको विवाहका लागि समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बृजेश्वर प्रसाद चौधरी ले खाद्यान्न सामग्री सहयोग गरेका छन्।

विवाह नजिकिँदै गर्दा आर्थिक अभावका कारण परिवारलाई तयारीमा कठिनाइ भएको जानकारी रास्वपाका युवा नेता सन्तोष कुमार ले चौधरीलाई गराएका थिए।

जानकारी पाएपछि चौधरी मंगलबार युवतीको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। उनले विवाहका लागि आवश्यक पर्ने २ बोरा चामल, १ बोरा आलु र १ प्याकेट प्याज लगायतका खाद्यान्न सामग्री प्रदान गरेका थिए। स्थानीयका अनुसार, उक्त सहयोगले परिवारलाई विवाह तयारीमा ठूलो राहत पुगेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय