spot_img

नेपाल कावेरी एकेडेमीमा यूकेजी दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

spot_img
spot_img

बीरगन्ज,०१ वैशाख । नेपाल कावेरी एकेडेमीले यूकेजी तहका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। साना बालबालिकाको प्रारम्भिक शैक्षिक उपलब्धिलाई सम्मान गर्दै उनीहरूलाई प्राथमिक तहतर्फ उत्साहपूर्वक प्रवेश गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका निर्देशक श्याम तुल्स्यान ले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। कार्यक्रममा निर्देशक आयुषी तुल्स्यान को पनि उपस्थिति रहेको थियो।

समारोहमा यूकेजीका विद्यार्थीहरूले स्वागत मन्तव्य, सांस्कृतिक प्रस्तुति तथा विभिन्न सिर्जनात्मक गतिविधिहरू प्रस्तुत गर्दै उपस्थित अभिभावक र अतिथिहरूको मन जितेका थिए।

विद्यालयका प्रिन्सिपल दिलीप गुप्ता, उप–प्रिन्सिपल प्रफुल सर्राफ तथा संयोजक सलोनी रौनियार को नेतृत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र समग्र विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्। कार्यक्रममा प्रारम्भिक तहबाट प्राथमिक तहमा विद्यार्थीको सहज रूपान्तरण, शैक्षिक नीति र भविष्य रणनीतिबारे पनि छलफल गरिएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार यो समारोह विद्यार्थीहरूको शैक्षिक प्रगति मात्र नभई उनीहरूको आत्मविश्वास र समग्र विकासको उत्सवका रूपमा सम्पन्न भएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय