spot_img

तराई–मधेशमा उल्लासका साथ मनाइँदै जुडशितल

spot_img
spot_img

जनकपुर,०२ वैशाख ।  तराई–मधेश क्षेत्रमा आज परम्परागत रूपमा जुडशितल पर्व माटो खेलेर मनाइँदै छ। नयाँ वर्षको दोस्रो दिन मनाइने यस पर्वमा ठूलाबडाले सानाको टाउकोमा चिसो पानी हालेर आशीर्वाद दिने र एक–अर्कासँग माटो खेल्ने चलन छ।

जनकपुरधाम लगायतका क्षेत्रमा जुडशितल विशेष उत्सवका रूपमा मनाइन्छ। स्थानीयहरू बिहानैदेखि पोखरी, तालतलैया र सार्वजनिक स्थलहरूमा भेला भई माटो दल्दै र शुभकामना साट्दै पर्व मनाउने गर्छन्।

यस दिनबाट तराई–मधेशमा गर्मी बढ्ने विश्वास गरिन्छ। माटोले शरीरलाई शीतलता दिने र स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वासका कारण पनि माटो खेल्ने परम्परा कायम रहँदै आएको छ।

यसै क्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रवक्ता मनिष झा ले पनि जनकपुरधामस्थित अरगज्जा पोखरीमा स्थानीयसँगै माटो खेलेर पर्व मनाएका छन्।

उनले मिथिलाका पर्वहरू प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै जुडशितलले आपसी सद्भाव र एकताको सन्देश दिने बताए। साथै, जात, धर्म वा वर्गको भेदभाव नगरी सबैले मिलेर यो पर्व मनाउने परम्परा रहेको पनि उनले बताए।

जुडशितलका अवसरमा तराई–मधेशमा करही, तरुवा, सागसब्जी र दही जस्ता विशेष परिकार खाने चलन पनि रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय