spot_img

भाडा बढेपछि सिमरा–काठमाडौं हवाई रुटमा यात्रु ६५ प्रतिशतले घटे

spot_img
spot_img

बारा,०२ वैशाख ।  हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढेपछि सिमरा–काठमाडौं हवाई रुटमा यात्रु संख्या ६५ प्रतिशतसम्म घटेको छ।

सिमरा विमानस्थल बाट हुने दैनिक उडानहरूमा पहिले करिब ५००–६०० यात्रु आवतजावत गर्ने गरे पनि हाल यो संख्या झरेर करिब २०० को हाराहारीमा पुगेको नागरिक उड्डयन कार्यालय सिमरा ले जनाएको छ।

भाडा वृद्धि भएपछि सिमरा–काठमाडौं रुटमा करिब १,१०० रुपैयाँसम्म बढोत्तरी भएको छ। हाल काठमाडौं–सिमरा भाडा करिब ५,१५० रुपैयाँ र सिमरा–काठमाडौं भाडा करिब ५,५५० रुपैयाँ पुगेको छ।

बुद्ध एयरको एटीआर–७२ जहाजले पनि पूर्ण क्षमतामा यात्रु पाउन सकेको छैन। एयरलाइन्सका अनुसार अहिले औसतमा करिब ५० प्रतिशत मात्र अकुपेन्सी रहेको छ।

बुद्ध एयर का सिमरा स्टेशन प्रमुख सुरेश रेग्मीले पछिल्ला केही सातादेखि यात्रु घट्दै गएको र भाडा वृद्धिले मध्यमवर्गीय यात्रुको आकर्षण घटेको बताए।

सिमराबाट काठमाडौं सडक मार्गमार्फत करिब ४ घण्टामै यात्रा गर्न सकिने भएकाले पनि धेरै यात्रु अब सडक विकल्पतर्फ आकर्षित भएका छन्। ट्राभल एजेन्टहरूका अनुसार महँगो हवाई भाडा र सहज सडक पहुँचका कारण हवाई यात्राको माग थप घटेको हो।

व्यवसायी र औद्योगिक क्षेत्रका यात्रु बढी प्रयोग गर्ने सिमरा विमानस्थलमा हाल अन्य एयरलाइन्सहरूले सेवा बन्द गरिसकेका छन् भने बुद्ध एयरको सेवा मात्र सीमित रूपमा सञ्चालन भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय