spot_img

सभामुख डीपी अर्यालकै गाडीलाई ट्राफिकले काट्यो चिट

spot_img
spot_img

काठमाडौं,०२ वैशाख । सभामुख डीपी अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। राजधानीको थापाथली क्षेत्रमा ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि उक्त गाडीलाई चिट काटिएको हो।

प्रहरीका अनुसार सभामुखको गाडीसँगै अगाडि र पछाडि चलिरहेका अन्य दुई सवारीसाधनलाई पनि कारबाही गरिएको छ। ती सवारीसाधनले लेन मिचेर यात्रा गरेको भेटिएपछि नियमअनुसार चिट जारी गरिएको जनाइएको छ।

घटनापछि ट्राफिक प्रहरी टोली सिंहदरबार पुगेर नै चिट काटेको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका स्रोतका अनुसार कानुन सबैका लागि समान हुने भएकाले पद वा हैसियतका आधारमा छुट नदिइएको स्पष्ट गरिएको छ।

प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने जो–कोहीलाई पनि समान रूपमा कारबाही गरिने भन्दै यस्तो कदमले नियम पालना गराउने सन्देश दिने विश्वास व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय