सुनसरी,०२ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ पटवारीबाट प्रहरीले करिब २२५ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २० वर्षीय बिशेष माझी सहित दुई जना रहेका छन्। उनीहरूलाई मंगलबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगर बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै को.३० प ९४७५ नम्बरको मोटरसाइकल पनि जफत गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




