काठमाडौं,०२ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सम्बन्धित स्थानहरूमा छापा मारेको छ।
मंगलबार विभागको टोलीले उनीहरूको निजी निवासका साथै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कार्यालयमा समेत एकैसाथ खोजतलास गरेको हो। छापा क्रममा अनुसन्धानका लागि आवश्यक विभिन्न कागजातहरू नियन्त्रणमा लिइएको जनाइएको छ।
स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल हाल हिरासतमा रहेका छन्। उनीहरूमाथि आर्थिक कारोबारको स्रोत र प्रक्रियाबारे विस्तृत अनुसन्धान भइरहेको छ। व्यवसायी भट्ट उक्त निजी क्षेत्रको पुनर्बीमा कम्पनीका प्रमुख लगानीकर्तामध्ये एक मानिन्छन्।
विभागले संकलित प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाउने जनाएको छ।




