spot_img

सरकारी छाप किर्ते प्रकरणमा तीन जना पक्राउ

spot_img
spot_img

दाङ,०३ वैशाख । सरकारी छाप र कागजात किर्ते गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर–५ स्थित माछापुच्छ्रे टोलको एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सल्यानको बागचौर नगरपालिका–२ का २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट सवारी दर्ता किताब, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको डिजिटल छापसहितका सामग्री बरामद गरेको छ। साथै, उनीहरूले प्रयोग गर्दै आएको बागमती प्रदेश नम्बरको यामाहा मोटरसाइकलसमेत जफत गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार सरकारी छाप र हस्ताक्षर किर्ते गरी चोरीका मोटरसाइकल किनबेच गर्ने गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ।

उनीहरूविरुद्ध सरकारी छाप किर्ते मुद्दामा जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय