spot_img

मालपोत र कम्पनी रजिष्ट्रार कार्यालयबाट १८ बिचौलिया पक्राउ

spot_img
spot_img

काठमाडौँ,०३ वैशाख । सेवाग्राहीलाई हैरानी दिएर अवैध रूपमा रकम असुल्दै आएको आरोपमा विभिन्न सरकारी कार्यालयबाट १८ जना बिचौलिया पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं को टोलीले मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सेवाग्राहीलाई “छिटो काम गराइदिने” बहानामा अनावश्यक दबाब दिने र अतिरिक्त रकम असुल्ने गतिविधिमा संलग्न थिए। यस्ता बिचौलियाको सक्रियताले सरकारी सेवा प्रक्रियालाई अपारदर्शी र झन्झटिलो बनाउने गरेको गुनासो आएपछि निगरानी बढाइएको थियो।

प्रहरीले यसलाई सार्वजनिक सेवा प्रणालीलाई स्वच्छ र सेवामुखी बनाउने अभियानअन्तर्गत गरिएको कारबाही जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय