प्रधानमन्त्री बालेन्द्र शाहविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा सुनुवाइतर्फ

spot_img

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध दायर अदालतको अवहेलना मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। उक्त मुद्दा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको रिटमा शाहले अदालतको आदेशप्रति अवज्ञा जनाउने अभिव्यक्ति दिएको आरोप लगाइएको छ। यसअघि शाहले वारेसमार्फत उपस्थित हुने अनुमति माग गरे पनि अदालतले स्वीकृति दिएको थिएन। उनले पुनः वैशाख ३ गते वारेसको अनुमति माग गर्दै निवेदन दिएका छन्।

विवाद Adipurush फिल्ममा प्रयोग गरिएको ‘भारतकी बेटी’ संवादलाई लिएर सुरु भएको थियो। उक्त संवाद नहटाएसम्म फिल्म प्रदर्शन हुन नदिने घोषणा गर्दै शाहले काठमाडौंमा फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेका थिए।

त्यसपछि चलचित्र व्यवसायीहरूको तर्फबाट उच्च अदालत पाटनमा रिट दायर भएपछि अदालतले हिन्दी फिल्म प्रदर्शनमा रोक नलगाउन अन्तरिम आदेश दिएको थियो। तर, शाहले उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए।

उनको यही अभिव्यक्ति संविधान र कानुनी शासनविपरीत रहेको भन्दै अवहेलना मुद्दा दायर गरिएको हो। अब सर्वोच्च अदालतको आगामी सुनुवाइले यस प्रकरणमा महत्वपूर्ण निर्णय दिने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय