कांग्रेसको आधिकारिकता र महाधिवेशन विवादमा सर्वोच्चमा निर्णायक सुनुवाइ

spot_img

काठमाडौं,०४ वैशाख । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवाद र १५औं महाधिवेशनको कार्यतालिकासँग सम्बन्धित मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुवै मुद्दाको अन्तिम बहस अघि बढाइएको हो।

बिहीबार हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज विपक्षी पक्षको बहस सकिएसँगै अदालतले आदेश दिने सम्भावना रहेको बताइएको छ।

विवाद नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटसँग सम्बन्धित छ। विशेष महाधिवेशनपछि गगनकुमार थापा सभापति र विश्वप्रकाश शर्मा महामन्त्री रहेको समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको निर्णयप्रति देउवा पक्ष असन्तुष्ट छ।

देउवा पक्षले उक्त विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै आयोगको निर्णय बदर गर्न माग गरेको छ। आजको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीहरूले अन्तिम बहस प्रस्तुत गरेका छन्।

यससँगै १५औं महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै दायर अर्को रिटमाथि पनि सुनुवाइ भइरहेको छ। अदालतको निर्णयले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र आगामी महाधिवेशनको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय