क्याम्पस बनाउन भिक्षा माग्दै विद्यार्थी

spot_img

काठमाडौं,०४ वैशाख । सरकारी क्याम्पसको जीर्ण पूर्वाधार सुधारको माग गर्दै संयुक्त विद्यार्थी समूहले त्रिचन्द्र क्याम्पस आसपास क्षेत्रमा ‘भिक्षा’ मागेर प्रतीकात्मक विरोध प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले क्याम्पसका भवन, कक्षाकोठा र प्रयोगशाला अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै पटक–पटक सरकारसँग बजेट माग गर्दा पनि बेवास्ता भएको आरोप लगाएका छन्। त्यसैको विरोधस्वरूप उनीहरूले सडकमा भिक्षा मागेर ध्यानाकर्षण गराउने प्रयास गरेका हुन्।

२००४ सालतिर पनि यस्तै शैलीमा विरोध गरिएको स्मरण गर्दै यसपटक पनि त्यही प्रतीकात्मक तरिका अपनाइएको विद्यार्थीहरूको भनाइ छ।

त्रिचन्द्र स्ववियु सभापति गोविन्द कोइराला का अनुसार संकलन गरिएको रकम सरकारलाई बुझाइनेछ। उनले सरकारले क्याम्पसको पूर्वाधार सुधारमा चासो नदिएपछि आफूहरू प्रतीकात्मक रूपमा सडकमा उत्रिन बाध्य भएको बताए।

विद्यार्थीहरूले क्याम्पसको भौतिक सुधार तत्काल गर्न सरकारलाई दबाब दिने उद्देश्यसहित प्रदर्शन गरिएको जनाएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय