इन्धन मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

spot_img

काठमाडौं,०५ वैशाख । दुर्गा प्रसाईं ले इन्धनको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले एक हप्ताभित्र मूल्य समायोजन नभए देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै गरिएको इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

प्रसाईंले आन्दोलनको नेतृत्व महाअभियानको विद्यार्थी संगठनले गर्ने जानकारी दिँदै सरकारलाई त्यसलाई खारेज गर्ने प्रयास नगर्न चेतावनी समेत दिएका छन्। उनका अनुसार आवाज उठाउन विद्यार्थी संगठन आवश्यक रहेको छ।

उनले विगतमा दुई रुपैयाँ मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको स्मरण गर्दै अहिले ठूलो दरमा मूल्य बढ्दा पनि विद्यार्थी तथा सरोकारवाला मौन रहेको आरोप लगाए।

महाअभियानले मूल्यवृद्धिले जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय