पर्सामा ६ किलोभन्दा बढी गाँजासहित चार भारतीय पक्राउ

spot_img

वीरगन्ज,०८ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले ६ किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब ८:२० बजे शंकराचार्य गेट नजिक नियमित चेकिङका क्रममा शङ्कास्पद रूपमा पैदल सीमा पार गर्दै गरेका व्यक्तिहरूको जाँच गर्दा गाँजा बरामद भएको हो।

पक्राउ पर्नेहरूमा भारतको बिहार अन्तर्गत पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय सफि अहम्द, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्द एकवाल रहेका छन्। उनीहरूले गाँजालाई रातो प्लास्टिकमा पोको पारेर खैरो डोरीले बेरी शरीरको पेट र छाती भागमा लुकाइछिपाइ वीरगञ्ज बाट रक्सौल तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता हरि बहादुर बस्नेत का अनुसार बरामद गाँजाको तौल ६ किलो १८ ग्राम रहेको छ। पक्राउ परेका चारै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय