२४ घण्टाभित्र राजीनामा नदिए आन्दोलनमा उत्रने जेनजीको चेतावनी

spot_img

काठमाडौं,०८ वैशाख । राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ। माग पूरा नभए सडक संघर्षमा उत्रने चेतावनी अभियानले दिएको हो।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियानले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले तत्काल पद त्याग गरी निष्पक्ष अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग राखेको छ।

अभियानका संयोजक सुनिल सिंहले गृहमन्त्रीले तत्काल राजीनामा दिनु उपयुक्त हुने बताए। उनले एउटै विषयमा फरक–फरक मापदण्ड अपनाइएको भन्दै आपत्ति जनाए।

सह–संयोजक अजय सोडारीले पनि गृहमन्त्रीको सम्पत्ति तथा गतिविधिबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जीवनशैली र सम्पत्तिबारे पारदर्शिता हुनुपर्नेमा जोड दिए।

त्यस्तै, अभियानका सचिव प्रकाश बम ले विगतमा विवाद उठ्दा तत्कालीन गृहमन्त्री रवि लामिछानेले पद त्याग गरेको उदाहरण स्मरण गराउँदै वर्तमान अवस्थामा पनि त्यस्तै नैतिक जिम्मेवारी देखाउनुपर्ने बताए।

कार्यक्रममा वक्ताहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाउन जोड दिएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय