spot_img

गृहमन्त्रीको राजीनामा माग्दै एमाले

spot_img
spot_img

काठमाडौं,०८ वैशाख । नेकपा एमाले ले गृहमन्त्री सुधन गुरूङ को राजीनामा माग गरेको छ।

एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको पछिल्लो प्रकरणले गम्भीर आशंका मात्र नभई विगतका सम्भावित अनियमितता र विसंगतिका विषयहरू समेत उजागर गरेको दाबी गरेको छ। पार्टीले यस विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान आवश्यक रहेकोमा जोड दिएको छ।

पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाही द्वारा जारी विज्ञप्तिमा अनुसन्धान प्रक्रिया कुनै पनि प्रकारको राजनीतिक प्रभाव वा दबाबबाट मुक्त हुनुपर्ने उल्लेख गरिएको छ। साथै, गृहमन्त्रीसँग सम्बन्धित सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान अघि बढाउन माग गरिएको छ।

एमालेले गृहमन्त्री स्वयंले पनि अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन मार्गप्रशस्त गर्नुपर्ने बताएको छ।

यसैबीच, मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि विभिन्न सरोकारवालाहरूबीच चासो र प्रश्न उठ्दै आएको एमालेको भनाइ छ। उक्त विषयमा आगामी दिनमा थप बहस र छलफल हुने पनि पार्टीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय