बीरगन्ज,०८ वैशाख । सडक डिभिजन कार्यालय हेटौंडा ले बाराको पथलैया–चुरियामाई सडकखण्ड विस्तारका लागि सडक दायाँबायाँ २५/२५ मिटर क्षेत्र खाली गर्न सूचना जारी गरेको छ। कार्यालयले वैशाख १० गतेभित्र सबै संरचना हटाउन अन्तिम समयसीमा तोकेको छ।
महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पथलैयादेखि चुरियामाईसम्मको सडक फराकिलो बनाउने योजनाअनुसार यसअघि पटक–पटक सूचना जारी गरिए पनि कार्यान्वयन नभएकाले अब कडा कदम चालिएको कार्यालयले जनाएको छ। समयसीमाभित्र संरचना नहटाइएमा डोजर प्रयोग गरी हटाइने चेतावनीसमेत दिइएको छ।
कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार अनधिकृत संरचना हटाउन नसके सार्वजनिक सडक ऐन २०३१ र प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ। यस निर्णयपछि अमलेखगञ्ज, तीन नम्बर पुल र चुरियामाई क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने अपेक्षा गरिएको छ।

