सप्तरीमा १० लाखभन्दा बढीका भन्सार छलीका कपडा बरामद

spot_img

सप्तरी, ०८ वैशाख । सशस्त्र प्रहरी बल नेपाल ले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ।

सोमबार हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित कुशहा क्षेत्रबाट करिब १० लाख ९६ हजार २६० रुपैयाँ बराबरका कपडा बरामद गरिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी गण नम्बर ६ बाट प्रहरी निरीक्षक विकास श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकी का अनुसार बरामद गरिएको कपडालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ। सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय