काठमाडौं,०८ वैशाख । हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
मंगलबार सिंहदरबार मा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्रीका बारेमा बारम्बार विभिन्न नयाँ–नयाँ विषय र विवाद आइरहँदा पदमा बसिरहनु उपयुक्त नहुने टिप्पणी गरे। साम्पाङले हप्तामा दुई–तीन पटकजस्तो नयाँ कुरा सार्वजनिक भइरहँदा प्रशासनिक स्थिरतामा असर पर्ने भन्दै जिम्मेवारीबाट अलग हुन सुझाव दिएका हुन्।

