spot_img

एल.एस. न्यूरो एन्ड जेनरल अस्पतालमा ओपिडी अब १०० रुपैयाँमै

spot_img
spot_img

बारा,०७ वैशाख । बारा जिल्लाको परवानीपुरस्थित एल.एस. न्यूरो एन्ड जेनरल अस्पताल प्रा.लि. ले सर्वसाधारणलाई लक्षित गर्दै ओपिडी (बाह्य रोगी सेवा) शुल्क घटाएर १०० रुपैयाँ कायम गरेको घोषणा गरेको छ।

अस्पतालले न्यून शुल्कमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना लागू गरेको जनाएको छ। यसबाट विशेषगरी कम आय भएका र ग्रामीण क्षेत्रका बिरामीलाई सहज रूपमा स्वास्थ्य सेवा लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्पतालमा न्यूरो, अर्थोपेडिक्स, जेनरल सर्जरी, जनरल मेडिसिन, स्त्री तथा प्रसूति र बालरोगलगायत विभिन्न विभागमार्फत सेवा प्रदान हुँदै आएको छ। अनुभवी चिकित्सकबाट परामर्श, आवश्यक परीक्षण र उपचार सेवा अब कम लागतमै पाउन सकिने अस्पतालले जनाएको छ।

“तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी” भन्ने नारासहित सञ्चालनमा रहेको अस्पतालले सर्वसाधारणलाई सुलभ, सहज र भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य लिएको बताएको छ।

यो सहुलियतपूर्ण पहलले स्थानीयवासीलाई स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्दै गुणस्तरीय सेवामा पहुँच बढाउने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय