नेपालमा न्युरोसर्जरीका अग्रणी डा. दिनेशनाथ गोंगलको निधन

spot_img

काठमाडौं,०८ वैशाख । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने अग्रणी चिकित्सक डा. दिनेशनाथ गंगोल को निधन भएको छ। ९२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा उनको निधन भएको हो। परिवारका अनुसार आजै उनको दाहसंस्कार गर्ने तयारी गरिएको छ।

नेपालमा आधुनिक न्युरोसर्जरी विकासमा महत्वपूर्ण योगदान दिएका गंगोलले पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको जटिल शल्यक्रिया, मुटुको माइट्रल भाल्भोटोमीदेखि पेटसम्बन्धी विभिन्न कठिन शल्यक्रियाहरू पहिलो पटक नेपालमै गरेका थिए। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत हुन्।

झण्डै चार दशकसम्म वीर अस्पताल मा सेवा दिएका उनले करिब ४० हजारभन्दा बढी शल्यक्रिया गरेको उल्लेख गरिएको छ। सीमित स्रोत–साधनका बीच पनि उनले जोखिमपूर्ण र जटिल शल्यक्रियाहरू सुरु गर्दै नेपाली चिकित्सा क्षेत्रमा नयाँ युगको सुरुवात गरेका थिए। नेपाल चिकित्सक संघ ले उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यसलाई नेपाली चिकित्सा क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय