त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

spot_img

वीरगन्ज,०८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन आगामी जेठ ४ गतेसम्म दैनिक करिब ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारी का अनुसार राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द रहनेछ। यस अवधिमा धावनमार्ग छेउको ट्याक्सीवे क्षेत्रमा भइरहेको पेभमेन्ट कन्स्ट्रक्सन कार्यलाई सुरक्षित र छिटो सम्पन्न गर्न उडान सञ्चालन रोक्नुपर्ने अवस्था आएको हो।

विमानस्थल कार्यालयले निर्माण कार्यका कारण यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै सबै हवाई सेवा प्रदायक कम्पनीलाई आफ्नो उडान तालिका आवश्यकताअनुसार समायोजन गर्न आग्रह गरेको छ। नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलमा पछिल्लो समय यात्रु चाप बढ्दै गएपछि रनवे, ट्याक्सीवे तथा टर्मिनल क्षेत्रको स्तरोन्नति र विस्तार कार्य भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय