२४ घण्टामा ३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

spot_img

काठमाडौं, ०८ वैशाख । उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५०१ जना सवारी चालकलाई विभिन्न ट्राफिक नियम उल्लंघनका कारण कारबाही गरेको जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ७७ जना, अवस्था ठीक नभएका ६९ जना, रातो बत्ती उल्लंघन गर्ने १५८ जना, तीव्र गतिमा सवारी चलाउने ८९ जना, लेन मिच्ने १७२ जना, ढोका खुल्ला राख्ने ५७ जना, नो हर्न उल्लंघन गर्ने ७७ जना तथा यात्रु ओराल्ने–चढाउने क्रममा नियम तोड्ने ५५ जना चालक कारबाहीमा परेका छन्।

यसबाहेक अन्य विभिन्न कसुरमा २ हजार ७४७ जना चालकलाई पनि कारबाही गरिएको उनले बताए।ट्राफिक प्रहरीले उक्त अवधिमा गरेको कारबाहीबाट कुल २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।

प्रहरीले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनलाई निरन्तरता दिइने र सबै चालकलाई नियम पालना गर्न आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय