नेप्से १८.१० अंकले घट्याे

spot_img

काठमाडौं,०८ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार १८.१० अंकले घट्दै २८०७ अंकमा झरेको छ। लगातार दोस्रो दिन पनि बजार रातो संकेतमा रहँदा समग्र कारोबार गतिविधि मिश्रित देखिएको छ। आज बजारमा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ४३ करोडभन्दा केही बढी हो। कुल ४८ कम्पनीको सेयर मूल्य बढ्दा २१५ कम्पनीको घटेको र ६ कम्पनी स्थिर रहेको तथ्यांक छ।

समूहगत सूचकतर्फ होटल तथा पर्यटन समूह १.१६ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने अन्य सबै समूहहरू घटेका छन्। बैंकिङ ०.४५, हाइड्रोपावर १.२३, लगानी ०.६०, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.८६, व्यापार ०.९६ र अन्य समूह १.२७ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक १४.८२ प्रतिशत र एसियन हाइड्रोपावर १०.३८ प्रतिशतले बढेका छन्। दोल्ती पावर ८.७१ प्रतिशत र सोलु हाइड्रोपावर ५.७७ प्रतिशतले घटेका छन्। आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय