सरुवा भएका कर्मचारीलाई तीन दिने अल्टिमेटम, नटेरे कारबाही गर्ने सरकारको चेतावनी

spot_img

काठमाडौं,११ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सरुवा भई पनि खटाइएको स्थानीय तहमा हाजिर नभएका उपसचिव तथा शाखा अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ।
मन्त्री प्रतिभा रावल ले तोकिएको स्थानमा तत्काल कामकाज सम्हाल्न आग्रह गर्दै अटेर गरेमा विभागीय कारबाही गरिने स्पष्ट चेतावनी दिएकी छन्।

मन्त्रालयका अनुसार २०८२ भदौदेखि चैतसम्म विभिन्न नगरपालिका र गाउँपालिकामा सरुवा गरिएका १६ जना कर्मचारी हालसम्म पनि नयाँ कार्यस्थलमा हाजिर भएका छैनन्। उनीहरूलाई वैशाख १० गते पत्राचार गर्दै तीन दिनभित्र रमाना लिई सम्बन्धित स्थानीय तहमा पुग्न निर्देशन दिइएको हो।

तोकिएको समयभित्र हाजिर नभए निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० अनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

सरुवा भएर पनि पुरानै कार्यालयमा बसिरहने प्रवृत्ति बढ्दै गएको भन्दै मन्त्रालयले यसलाई नियन्त्रण गर्न कडा कदम चालिएको स्पष्ट पारेको छ। आगामी दिनमा पनि यस्ता गतिविधि दोहोरिए कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय