spot_img

फेवातालमा डुबेर १० वर्षीय बालकको ज्यान गयो

spot_img
spot_img

पोखरा,१८ वैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ।

पोखरा महानगरपालिका–१८ खपौदीका १० वर्षीय आरेस लामा आज बिहान तालमा पौडी खेल्ने क्रममा डुबेका थिए। घटना लगत्तै सूचना पाएपछि सशस्त्र प्रहरी बलको उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराबाट प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको नेतृत्वमा गोताखोरसहितको टोलीले खोजी अभियान चलाएको थियो। करिब १८ फिट गहिराइबाट अचेत अवस्थामा बालकलाई बाहिर निकालिएको प्रहरीले जनाएको छ।

उद्धारपछि उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। तर चिकित्सकले दिउँसो करिब १२ः१५ बजे मृत घोषणा गरेका छन्।

घटनापछि स्थानीयमा शोक छाएको छ भने प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय