spot_img

विभिन्न मुद्दामा दोषी ठहर भएका ११ फरार प्रतिवादी बाराबाट पक्राउ

spot_img
spot_img

वीरगन्ज,२४ वैशाख । विभिन्न आपराधिक मुद्दामा अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले फरार प्रतिवादीहरूको खोजीलाई तीव्र बनाउँदै अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू वन पैदावार क्षति, चेक अनादर, लेनदेन विवाद, कुटपिट तथा अङ्गभङ्ग, साथै राजस्व चुहावटसम्बन्धी विभिन्न मुद्दामा दोषी ठहर भइसकेका थिए। नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीले फरार रहेका अन्य प्रतिवादीहरूको खोजी कार्यलाई पनि थप कडाइका साथ अघि बढाइने बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय