spot_img

एसईई नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

spot_img
spot_img

बीरगन्ज,२४ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी तीव्र बनाएको जनाएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूको प्राप्ताङ्क प्रणालीमा प्रविष्ट गर्ने काम पूरा भइसकेको छ भने अहिले विवरण रुजु गर्ने कार्य भइरहेको छ। कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले सबै तथ्याङ्क सावधानीपूर्वक जाँच भइरहेको बोर्डले जनाएको छ।

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। उत्तरपुस्तिका परीक्षण केन्द्रमै सम्पन्न गरिएको कारण नतिजा तयारी अपेक्षाकृत छिटो अघि बढेको बोर्डको भनाइ छ। बोर्डका अनुसार नतिजा एकीकृत गर्ने काम पनि सकिएको छ र अब अन्तिम प्राविधिक जाँचपछि सार्वजनिक गरिनेछ।

यस वर्ष एसईईका लागि देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। जसमा ४ लाख ४१ हजार ५६६ नियमित परीक्षार्थी र ७० हजार ८५५ ग्रेड वृद्धिका परीक्षार्थी रहेका छन्।

त्यसैगरी, परीक्षामा छात्राभन्दा छात्रहरूको संख्या केही बढी देखिएको छ। २ लाख ५७ हजार ६१३ छात्रा र २ लाख ५४ हजार ८०१ छात्र सहभागी भएका थिए। नतिजा नजिकिँदै गर्दा विद्यार्थी र अभिभावकहरूमा उत्साहसँगै प्रतीक्षाको माहोल बढेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय