spot_img

एकैदिन १८ लाखभन्दा बढी ट्राफिक राजस्व सङ्कलन

spot_img
spot_img

काठमाडौँ,२५ वैशाख । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८०६ सवारी चालक कारबाहीमा परेका छन्। पछिल्लो २४ घण्टामा गरिएको ट्राफिक निगरानीका क्रममा विभिन्न नियम उल्लङ्घन गर्ने चालकहरूबाट १८ लाख ७६ हजार ५०४ रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६२ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १०६ जना तथा तीव्र गतिमा सवारी चलाउने ८८ जनामाथि कारबाही गरिएको हो।

त्यस्तै, लेन अनुशासन पालना नगर्ने ८४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३९ जना, सडक पेटीमा पार्किङ गर्ने ७७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १११ जना पनि कारबाहीमा परेका छन्।

यस बाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६२ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय