spot_img

सार्वजनिक जग्गा खाली गराउने सूचनाविरुद्ध धनुषामा सुकुमवासीको प्रदर्शन

spot_img
spot_img

जनकपुर,२५ वैशाख । धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगर क्षेत्रमा सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका छन्।

नगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बस्ती हटाउने तयारी गरेपछि आक्रोशित स्थानीयले शुक्रबार बिहान जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगरस्थित औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनका कारण केही समय राजमार्गको यातायात प्रभावित भएको थियो। प्रदर्शनकारीहरूले आफूहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउन खोजिएको भन्दै विरोध जनाएका थिए।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन पहल गरेपछि सडक सञ्चालन क्रमशः सामान्य बनेको जनाइएको छ। सुकुमवासी व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणको विषयलाई लिएर स्थानीय तह र प्रभावित बासिन्दाबीच तनाव बढ्दै गएको देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय