spot_img

२० हजार रुपैयाँ घुस लिएको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

काठमाडौं,२५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई) दिनेश राउत विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार प्रहरी वृत्त मालीगाउँ मा कार्यरत राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दा मिलाइदिने तथा जाहेरवालाको रकम फिर्ता गराइदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए। चेक बाउन्ससम्बन्धी मुद्दामा सहजीकरण गरिदिने बहानामा उनले सेवाग्राहीलाई दुःख हैरानी दिएको आरोप छ।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ। अनुसन्धानका क्रममा घुस लेनदेन पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत बिगो २० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागसहित आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपाने ले भ्रष्टाचारविरुद्ध कानुनी कारबाहीलाई निरन्तरता दिइने बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय