spot_img

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा

spot_img
spot_img

काठमाडौं,२५ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर प्रधानमन्त्रीमाथि संविधानको मर्म विपरीत काम गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषद्को उद्देश्य नै कार्यकारी हस्तक्षेप नियन्त्रण गर्नु भए पनि त्यसको भावना विपरीत काम भएको टिप्पणी गरे।

थापाले संविधानमा संवैधानिक परिषद् गठन गर्नुको मुख्य उद्देश्य प्रधानमन्त्रीको एकल प्रभाव र दबाबलाई नियन्त्रण गर्नु रहेको उल्लेख गर्दै हालको सिफारिस प्रक्रियाले त्यसको पूर्ण रूपमा अवमूल्यन गरेको बताए।

उनका अनुसार संविधानले शक्ति सन्तुलन कायम गर्न संवैधानिक परिषद्को व्यवस्था गरेको भए पनि व्यवहारमा प्रधानमन्त्रीले दादागिरी शैलीमा निर्णय अघि बढाएको देखिएको छ। उनले संवैधानिक प्रक्रिया र संस्थागत मर्यादा कमजोर बनाउने कुनै पनि कदम लोकतान्त्रिक प्रणालीका लागि चिन्ताजनक हुने धारणा व्यक्त गरे।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा तीव्र बहस भइरहेको बेला थापाको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय