spot_img

नियोगहरूमार्फत मुलुकको कूटनीति सफल बनाउन लागि परौँ : सभामुख अर्याल

spot_img
spot_img

काठमाडौं,२५ वैशाख । सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले कूटनीतिक नियोगहरूको सक्रिय सहभागितामार्फत नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र गौरवलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको उल्लेख गरेका हुन्।

नेपाल विश्व सम्बन्ध परिषद् ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपालको राष्ट्रिय महत्व, सार्वभौमसत्ता, संस्कृति र प्राकृतिक सम्पदाबारे विश्व समुदायलाई प्रभावकारी रूपमा जानकारी गराउनुपर्नेमा जोड दिए।

उनले नयाँ पुस्तालाई राष्ट्रिय हितप्रति सचेत बनाउँदै शिक्षा र प्रविधिको माध्यमबाट अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा जनसहभागितामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए। यस्ता पहलले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध दीर्घकालीन रूपमा थप सुदृढ र सकारात्मक बन्ने उनको भनाइ थियो।

सभामुख अर्यालले राष्ट्रिय नीतिका लक्ष्य पूरा गर्न सबै क्षेत्रको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै कूटनीतिक क्षेत्रलाई विश्वस्तरमा अझ प्रभावकारी बनाउने दिशामा मिलेर काम गर्न आह्वान गरे। उनले राष्ट्रको प्रतिष्ठा उकास्न कूटनीतिक नियोगहरूको सकारात्मक भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय