spot_img

विद्यार्थी संगठनमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट

spot_img
spot_img

काठमाडौं,२५ वैशाख । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। शुक्रबार विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा अदालतमा रिट दायर गर्दै सरकारको निर्णय संविधानविपरीत भएको दाबी गरेका हुन्।

रिट दर्ता गर्नेमा अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी) लगायतका संगठन रहेका छन्। रिटमा सरकारको कदमले संविधानले प्रत्याभूत गरेको संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकारमाथि आघात पुगेको जिकिर गरिएको छ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामी को नेतृत्वमा दर्ता गरिएको रिटमार्फत प्रतिबन्ध सम्बन्धी निर्णय खारेज गर्न माग गरिएको बताइएको छ।

विद्यार्थी संगठनहरूले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अंगमाथि अंकुश लगाउने प्रयास स्वीकार्य नहुने भन्दै सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ जारी राख्ने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय