spot_img

बालेन सरकारले जनताको भरोसा तोड्यो : दुर्गा प्रसाईँ

spot_img
spot_img

काठमाडौं,२६ वैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि कडा आलोचना गरेका छन्। उनले सरकारले नागरिकको “घर मात्र होइन, सपना पनि भत्काएको” आरोप लगाए।

प्रसाईँले निर्वाचनपछि छोटो समयमै सरकारप्रति जनताको निराशा बढेको दाबी गर्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको टिप्पणी गरे। विदेशमा रहेका नेपालीहरूले परिवारलाई घण्टी चुनाव चिह्नमा मतदान गर्न दबाब दिएको स्मरण गर्दै उनले अहिले जनताले आफ्नो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेको बताएका छन्।

उनले सुरुदेखि नै बालेन नेतृत्वको सरकार बाह्य शक्तिको प्रभावमा बनेको आरोप लगाउँदै हालका गतिविधिले आफ्नो भनाइ पुष्टि गरेको दाबी गरे। साथै, सरकारले न्यायालयमाथि समेत हस्तक्षेप गरेको आरोप लगाउँदै प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर पनि असन्तुष्टि जनाए।

प्रसाईँले सरकारका पछिल्ला निर्णय र कार्यशैलीले जनविश्वास कमजोर बनाएको आरोप लगाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय