बीरगन्ज,२६ वैशाख । बीरगन्जस्थित प्रसिद्ध गहवामाई मन्दिर को वार्षिक रथ यात्रा आगामी असार ३२ गते आयोजना हुने भएको छ। मन्दिर व्यवस्थापन समितिको बैठकले रथ यात्रा तथा महाप्रसाद भण्डाराको मिति तय गरेको हो।
श्याम पोखरेलको अध्यक्षतामा बसेको बैठकले असार ३२ गते भव्य रूपमा रथ यात्रा निकाल्ने तथा साउन १ गते महाप्रसाद भण्डारा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
समिति सदस्य देवानन्द कलवारका अनुसार धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रथ यात्रालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आवश्यक तयारी सुरु गरिएको छ।
प्रत्येक वर्ष हजारौँ भक्तजन सहभागी हुने यस धार्मिक कार्यक्रममा यसपटक पनि व्यापक सहभागिता रहने अपेक्षा गरिएको समितिले जनाएको छ।




