spot_img

बारामा हुलाकमार्फत घरमै राहदानी सेवा सुरु हुने

spot_img
spot_img

बारा,२६ वैशाख ।  अब बाराका सेवाग्राहीले राहदानी (पासपोर्ट) हुलाकमार्फत आफ्नै घरमा प्राप्त गर्न सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच यससम्बन्धी औपचारिक सम्झौता भएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअन्तर्गत सुरु गरिएको यो सेवा वैशाख २५ गतेदेखि कार्यान्वयनमा ल्याउने सहमति गरिएको हो। सम्झौतामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र जिल्ला हुलाक कार्यालय बाराका प्रमुख दिपककुमार पटेल सहभागी थिए।

जिल्ला हुलाक कार्यालयका प्रतिनिधिका अनुसार राहदानी आवेदन दिने क्रममा सेवाग्राहीले हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्न चाहेको उल्लेखसहित सानो फारम भर्नुपर्नेछ। त्यसपछि राहदानी तयार भएपछि हुलाकमार्फत सम्बन्धित व्यक्तिको घरमै पुर्‍याइने व्यवस्था गरिएको छ।

सरकारले सार्वजनिक सेवा सहज र पहुँचयोग्य बनाउन हुलाक सेवालाई आधुनिकीकरण गर्ने नीति लिएको छ। सोहीअन्तर्गत पासपोर्ट, नागरिकता, लाइसेन्सलगायत सरकारी कागजात घरमै पुर्‍याउने योजना अघि बढाइएको हो।

यो सेवासँगै अब बाराबासीले राहदानी लिनका लागि पटक–पटक कार्यालय धाउनुपर्ने झन्झटबाट राहत पाउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय