spot_img

बस र टिपर ठोक्किँदा १० जना घाइते

spot_img
spot_img

झापा,२६ वैशाख । झापाको गौरादह नगरपालिका–५ स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस र ढुंगा–गिट्टी बोक्ने टिपर एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दमकबाट चप्रामारीतर्फ जाँदै गरेको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको टिपर भित्री सडकखण्डमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री, उनकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन्।

घाइतेमध्ये योगमायाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको गौरादह नगर अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था मध्यम र बाँकी सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार टिपर चालक र दुवै सवारीसाधन नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय