spot_img

सुकुम्बासीमाथि दमन भएको आरोप लगाउँदै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन

spot_img
spot_img

काठमाडौं,२६ वैशाख । सुकुम्बासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै श्रम संस्कृति पार्टी ले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

बागमती प्रदेश समन्वय समितिको आयोजनामा गरिएको प्रदर्शनमा “यो देश गरिबको पनि हो”, “गाँस, वास, कपास हाम्रो अधिकार हो” र “भूमिहीन समस्या दीर्घकालीन रूपमा समाधान गर” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो।

प्रदर्शनका क्रममा पार्टीका नेता छोटे पठानले सरकारमाथि कडा आलोचना गर्दै सुकुम्बासीका घर भत्काइँदै गएको तर सीमावर्ती क्षेत्रमा अतिक्रमण र सडक निर्माणजस्ता गतिविधि भइरहेका विषयमा सरकारले ध्यान नदिएको आरोप लगाए।

उनले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले समेत समस्या भोगिरहेको दाबी गर्दै कालापानी र लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति सरकार मौन रहेको टिप्पणी गरे।

नेता पठानले प्रधानमन्त्री बालेन शाह लाई लक्षित गर्दै व्यक्तिगत सम्पत्ति र भूमिसम्बन्धी विषयमा स्पष्टता दिनुपर्ने माग पनि राखे।

उनका अनुसार सरकारले सुकुम्बासी व्यवस्थापनमा स्पष्ट नीति नल्याएको र जनताको आधारभूत अधिकार सुनिश्चित गर्न असफल भएको आरोप छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय