spot_img

खाद्य व्यवस्था कम्पनीका महाप्रबन्धक रमेश आचार्यले दिए राजीनामा

spot_img
spot_img

काठमाडौँ,२६ वैशाख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्य ले पदबाट राजीनामा दिएका छन्। सरकारले राजनीतिक नियुक्तिहरू हटाउने तयारी अघि बढाइरहेको अवस्थामा उनले नैतिकताको आधारमा राजीनामा दिएको बताइएको छ।

स्रोतका अनुसार आचार्यले करिब पाँच दिनअघि नै पदबाट अलग हुने निर्णय गरेका हुन्। यद्यपि सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मा उनको पद समावेश नभए पनि सम्भावित राजनीतिक नियुक्ति कटौतीको तयारीलाई ध्यानमा राख्दै उनले मार्ग प्रशस्त गरेको बताइएको छ।

सरकारले हाल करिब ५०० भन्दा बढी राजनीतिक नियुक्तिहरू हटाउने तयारी गरिरहेको छ। यही परिस्थितिलाई बुझेर आचार्यले स्वेच्छिक रूपमा राजीनामा दिएको उच्च अधिकारीहरूको भनाइ छ। कम्पनीका एक अधिकारीका अनुसार आचार्यले कुनै विवाद वा दबाबका कारण होइन, बदलिँदो राजनीतिक वातावरणलाई ध्यानमा राख्दै जिम्मेवारी छोड्ने निर्णय गरेका हुन्।

उनको कार्यकालमा निर्वाचन सामग्री व्यवस्थापन तथा विभिन्न आपूर्ति प्रणाली सुधारमा महत्वपूर्ण काम भएको समेत कर्मचारीहरूले बताएका छन्। आचार्यलाई २०८१ साउन २८ गते मन्त्रिपरिषद् निर्णयअनुसार खुला प्रतिस्पर्धाबाट महाप्रबन्धकमा नियुक्त गरिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय