spot_img

उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडौं,२६ वैशाख । स्वर्णिम वाग्ले ले उद्योगी व्यवसायीलाई लक्षित गरेर सरकारले कुनै धरपकड अभियान सञ्चालन नगरेको स्पष्ट पारेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई त्रसित बनाउने खालका हल्लामा विश्वास नगर्न आग्रह गरे।

अर्थमन्त्री वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई पक्राउ गर्ने वा थुन्ने सूची बनाएको भन्ने चर्चा निराधार रहेको बताउँदै निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारको रूपमा व्याख्या गरे। उनले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको आकारमा पुर्‍याउने लक्ष्यमा निजी क्षेत्रको भूमिका निर्णायक रहने बताए।

कार्यक्रममा उनले सरकारका पाँच प्रमुख प्राथमिकताबारे पनि जानकारी दिए। उनका अनुसार सुशासन, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, सामाजिक क्षेत्रमा लगानी र पर्यटन, संस्कृति तथा इतिहासमार्फत नेपालको सौम्य शक्ति विस्तार सरकारका मुख्य प्राथमिकता हुन्।

मुलुक अहिले आर्थिक रूपान्तरणको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै वाग्लेले उद्योगी व्यवसायीलाई केही समय धैर्य गर्न आग्रह गरे। उनले राजनीतिक स्थायित्व, नीति निरन्तरता र इमानदार प्रयासमार्फत आर्थिक सुधार सम्भव रहेको बताए।

उदाहरणका रूपमा उनले नरेन्द्र मोदी नेतृत्व सम्हाल्दाको भारतको आर्थिक अवस्था र नेपालको वर्तमान अवस्थाबीच केही समानता रहेको उल्लेख गर्दै सही नीति र दृढ नेतृत्वबाट नेपालले पनि आर्थिक फड्को मार्न सक्ने विश्वास व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय