spot_img

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको सहमति

spot_img
spot_img

बीरगन्ज,२७ वैशाख । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिबीच मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय चार दलले गरेका छन्।

आइतबार बसेको नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा (नेपाली कम्युनिस्ट पार्टी) र लोसपा नेपालको संयुक्त बैठकले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति जनाएको हो।

बैठकले मुख्यमन्त्री यादवलाई प्रदेशसभामा विश्वासको मत लिने निर्णय पनि गरेको छ। चार दलले छिट्टै विश्वासको मत प्रक्रिया अघि बढाउने जानकारी विज्ञप्तिमार्फत दिएका छन्। यसअघि वैशाख २२ गते जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो, जसपछि सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय