spot_img

ढल्केबरमा सुकुमवासीको प्रदर्शन

spot_img
spot_img

जनकपुर,२७ वैशाख । धनुषाको ढल्केबरमा सुकुमवासीहरूले आफ्नो आवास र भूमि अधिकारको माग गर्दै प्रदर्शन गरेका छन्। राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा भएको प्रदर्शनपछि कोणसभा समेत गरिएको हो।

प्रदर्शनकारीहरूले “उठिवास बन्द गर”, “भूमि र आवासको अधिकार सुनिश्चित गर”, र “जीवन तथा जीविकाको अधिकार सुरक्षित गर” जस्ता नारासहित प्लेकार्ड बोकेर सडकमा प्रदर्शन गरेका थिए।

कोणसभामा भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुमवासी बस्तीमा डोजर नचलाउन सरकारसँग आग्रह गरे। उनले बसेकै स्थानमा लालपुर्जा वितरण गर्नुपर्ने माग गर्दै सरकारले सुकुमवासी व्यवस्थापनका नाममा विस्थापन गर्न नहुने बताए।

उनका अनुसार, “सुकुमवासी व्यवस्थापन नीति सकारात्मक भए पनि पहिले बसोबासको वैकल्पिक व्यवस्था गरेर मात्र कदम चाल्नुपर्छ।”

त्यसैगरी मिथिला नगरपालिका–३ दिनाभद्री सुकुमवासी टोलका गोविन्द सदाले पनि बस्ती नहटाउन र तत्काल लालपुर्जा उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय