spot_img

सरकारले गरिबमाथि बढी पीडा दिएको प्रचण्डको आरोप

spot_img
spot_img

काठमाडौं,२७ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले गरिब तथा श्रमजीवी वर्गलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारका नीतिहरूले निम्न वर्गलाई गम्भीर असर पारेको भन्दै श्रमजीवी वर्गमाथि अन्याय भएको टिप्पणी गरे।

प्रचण्डका अनुसार सरकारबाट गरिब, निमुखा र श्रमजीवी वर्गमाथि बढी आघात पुर्‍याउने काम भइरहेको छ, जसका कारण कम्युनिस्ट पार्टीहरूले आफ्नो वर्गीय पक्षधरता अझ मजबुत बनाउनुपर्ने आवश्यकता देखिएको छ। उनले कम्युनिस्टहरूबीचको एकतामार्फत मात्र वर्ग संघर्षलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने भन्दै सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

प्रचण्डले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट आन्दोलन कमजोर पार्ने प्रयास गरिरहेको आरोपसमेत लगाएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय