spot_img

बीरगन्जमा विपी उद्यान पार्क निर्माण तीव्र, स्मार्ट सिटी अभियानमा जोड

spot_img
spot_img

बीरगन्ज,२७ वैशाख । बीरगन्ज महानगरपालिकाले अघि बढाएको विपी उद्यान पार्क निर्माण तथा सौन्दर्यीकरणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। पार्कलाई हरियालीयुक्त, व्यवस्थित र आधुनिक सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको छ।

बीरगन्ज महानगरपालिकाका अनुसार पार्कभित्र हरियाली विस्तार, संरचना निर्माण, सरसफाइ तथा सौन्दर्यीकरणका कार्यहरू क्रमशः अघि बढाइएका छन्।

यसैबीच जयप्रकाश खेतान सहितको टोलीले पार्क क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिएको छ। निरीक्षणका क्रममा टोलीले भइरहेको कामको गुणस्तर र वातावरणीय व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएको छ।

खेतानले वीरगञ्जलाई हराभरा, सफा र स्मार्ट सिटी बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए। उनले आदर्शनगर ग्रीनसिटी र सामुदायिक प्रहरी सेवा आदर्शनगरले सुरुदेखि नै वातावरण संरक्षण र सरसफाइ अभियानमा सक्रिय भूमिका खेल्दै आएको उल्लेख गरे।

उनका अनुसार आगामी दिनमा वृक्षारोपण, सार्वजनिक स्थल सरसफाइ, ट्राफिक व्यवस्थापन र नागरिक सचेतनामूलक कार्यक्रमलाई अझ सशक्त बनाइनेछ। “काम गर्दै जाने हो, परिणाम स्वतः देखिन्छ,” भन्दै उनले निरन्तर प्रयासबाट मात्र शहरको रूपान्तरण सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूले पनि महानगरपालिका, सामाजिक संस्था र स्थानीय बासिन्दाबीच सहकार्य बढाएर वीरगञ्जलाई व्यवस्थित र आधुनिक शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

पार्क निर्माण सम्पन्न भएपछि यो स्थान बीरगन्जवासीका लागि मनोरञ्जन, हरियाली र सामाजिक भेटघाटको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय